Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ

बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ


  • 1.4K
    Shares

    • images
    बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ

    काठमाडौं । इलामको माई नगरपालिका–२ स्थित शितली चिया बगानमा भएको बलात्कारको घटनामा ‘मिलापत्र’ गरेको पाइएको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर मिलापत्र गरेको सूचना पाएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

    चैत ६ मा बालिका बलात्कृत भएकी थिइन् । बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मान बहादुर राईले  बताए ।

    पीडित परिवारलाई ३ लाख दिएर ‘मिलापत्र’ गराउने आरोपीका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र उनीहरूका छिमेकी ३८ वर्षीय तुलाधर अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले पीडितका परिवारलाई ३ लाख दिइसकेको डीएसपी राईले जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १३:१२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij