Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

घोराहीको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन, ३० घर जोखिममा

घोराहीको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन, ३० घर जोखिममा


  • 1.2K
    Shares

    • images
    घोराहीको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन, ३० घर जोखिममा

    काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ। प्लाई उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन्। 

    ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको छ। 

    आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ। उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन। 

    अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका  दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ। आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन्। रासस

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १०:४१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij