Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा


  • 1.1K
    Shares

    • images
    सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

    काठमाडौं । सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ । पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारको कार्यक्रम अनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो । 

    आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठक बसेर बिमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बीमा गराउने निर्णय भएको विभागले जनाएको छ । निर्देशक उपाध्यायका अनुसार विभागले दुई पटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रित पुगेका ४६ जनाको दुर्घटना बीमा गरिएको जानकारी दिइन । 
     
    उपाध्यायका अनुसार यो बिमा एक वर्षका लागि लागु हुनेछ । विभागले कार्तिक  तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रो पटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आव्हान गरेको थियो । पहिलोपटक ३७ जनाले मात्रै आवेदन दिएपछि  दोस्रो पटक पुनस् माग गर्दा ९ जनाले आवेदन दिएका थिए ।  

    पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारी कार्यक्रम अनुसार विभागले वर्षेनी सूचना प्रकाशित गरेर आवेदन सङ्कलन गरी बीमा  गराईरहेपनि पत्रकारहरूको सहभागिता कम हुँदै गएको प्रति नेपाल पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ ।  ुकेही वर्ष अघि यही कार्यक्रम भित्र एक हजार पत्रकारको बीमा गरिएको थियोु महासंघका सचिव रमेश खतिवडाले भने - अहिले त्यो संख्या ४६ मा झर्नु दुखद हो ।

    प्रदेशहरूमा प्रदेश सरकार र जिल्लाहरूमा स्थानीय तहले समेत पत्रकारहरूका लागि बीमा कार्यक्रम लागु गरेका कारण सहभागिता कम भएको खतिवडाले बताए । बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सूचना विभाग र सञ्चार मन्त्रालयसँग छिट्टै छलफल गर्ने उनले बताए ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १४:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij