Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पालिकाको सहयोगमा अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पालिकाको सहयोगमा अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती


  • 1.4K
    Shares

    • images
    पालिकाको सहयोगमा अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

    काठमााडौं । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका-६ स्थित हात्तीढुंगेको १४ रोपनी भिरालो जमिनमा वन तरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुंगे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वन तरुल खेती सुरु गरेका हुन् ।

    हात्तीढुंगे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार  वार्षिक रु. २५ हजार भाडा तिर्ने गरी भिरालो जग्गामा तरुल खेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले रु. एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

    किसान समूहले वन तरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वन तरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्काएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जंगलबाट नै संकलन हुने गरेको छ ।

    गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एक पटक बीउ रोपेपछि पटक पटक रेखदेख गर्नु नपर्ने भएकाले तरुल खेती  अन्य खेतीभन्दा सजिलो भएको उनले बताए ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १२:०८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij