Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

एमाले केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा


  • 6.5K
    Shares

    एमाले केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

    काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय समितिको बैठक बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक समाप्त भएसँगै एमाले केन्द्रीय समितिको बैठक समेत बस्ने कार्यक्रम रहेको एक मन्त्रीले जानकारी दिए । 

    महाधिवेशन तयारी बारे छलफल गर्न आज दिउँसो १ बजे बैठक बस्ने एमालेका प्रमुख सचेतक विसाल भट्टराईले जानकारी दिए । बैठकले महाधिवेशनको तयारीसँगै जिल्ला इन्चार्ज कार्यविभाजन, प्रदेशमा बाँकी रहेका नेताहरुको कार्यविभाजनको बारे छलफल हुने छ । 

    मन्त्रिपरिषद्को नियमित बैठकले कोभिड नियन्त्रण रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल गर्ने, संसदको हिउँदे अधिवेशन अन्त्य र जनता समाजवादी पार्टीले उठाएका मागहरुको बारेमा छलफल गरेको छ ।  यि राजनितीक विषयमै केन्द्रीत रहेर एमाले बैठक बस्ने भएको हो । 

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १०:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij