Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय


  • 5.2K
    Shares

    संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले आज १ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । पुनर्स्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन फागुन २३ बाट शुरु भएको थियो ।

    पुस ५ गते प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदलातले फागुन ११ गते बदर गरेपछि हिउँदे अधिवेशन शुरु भएको थियो ।

    संसदमा कुनै बिजनेश नभएको भन्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताइएको छ । यद्यपि सरकारले अविश्वासको प्रस्ताव छल्नका लागि अधिवशेन अन्त्य गरेको हुन सक्ने अनुमान लगाइएको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १०:१६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij