Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यूएईमा हरेक महिना २६ जना नेपालीले गुमाउँछन् ज्यान, यस्तो छ कारण

यूएईमा हरेक महिना २६ जना नेपालीले गुमाउँछन् ज्यान, यस्तो छ कारण


  • 1.5K
    Shares

    • images
    यूएईमा हरेक महिना २६ जना नेपालीले गुमाउँछन् ज्यान,  यस्तो छ कारण

    काठमाडौं । आठ महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा २०९ नेपालीले ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासले गत साउनदेखि फागुनसम्ममा २०९ जना नेपालीको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको हो। 

    गत वर्ष यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। यसपटक भने यो संख्या ह्वात्तै बढेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । 

    पछिल्लो आठ महिनाको तथ्यांकको आधारमा औसतमा प्रत्येक महिना २६ जना नेपालीले यूएईमा ज्यान गुमाइरहेका छन्।  दूतावासले सडक दुर्घटना, हृदयघात, अन्य बिरामी, कार्यस्थलमा हुने दुर्घटनाका कारण ज्यान गुमाइरहेको बताएको छ।   

    कुन महिनामा कतिको मृत्यु?

    साउन- ३०

    भदौ- ३२
    असोज- ३३
    कात्तिक- ३५
    मंसिर- २४
    पुस- १३
    माघ- २५
    फागुन- १७ जना

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १५:०४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij