Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली र प्रचण्डको पार्टीको बैठक भोलि बस्दै, ओलीले के-के गर्दैछन् निर्णय ? प्रचण्डले समर्थन फिर्ता लिने 

ओली र प्रचण्डको पार्टीको बैठक भोलि बस्दै, ओलीले के-के गर्दैछन् निर्णय ? प्रचण्डले समर्थन फिर्ता लिने 


  • 7.8K
    Shares

    ओली र प्रचण्डको पार्टीको बैठक भोलि बस्दै, ओलीले के-के गर्दैछन् निर्णय ? प्रचण्डले समर्थन फिर्ता लिने 

    काठमाडौँ । पार्टीभित्र चर्किरहेको द्वन्द्वकाबीच सोमबार नेकपा एमाले अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठक बस्दैछ।

    यो पक्षका नेता एवं केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार बालुवाटारमा बिहान १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको छ।

    जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन पनि बैठकको एजेण्डा बनेको छ। बैठकमा उपनिर्वाचनको तयारीका मामिलामा पनि छलफल गर्ने एजेण्डा तयार भएको छ।

    खासगरी एमालेमा प्रवेश गरेर सांसद पद खारेजीमा परेका रामबहादुर थापा ‘बादल’ को ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन हुने कानुनी व्यवस्था छ।

    आफ्नो दल त्यागेकाले बादललाई नेकपा माओवादी केन्द्रले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो भने उनको सांसद पद खारेजीका लागि राष्ट्रियसभा सचिवालयमा पत्र दर्ता गरेको थियो।

    तर सांसद नभएकालाई पनि सिधै प्रधानमन्त्रीबाट ६ महिनाका लागि मन्त्री निुक्त गर्न सक्ने प्रावधानअनुसार उनले आइतबार साँझ पुनः गृहमन्त्रीको सपथ लिँदैछन्।

    उनी २०७४ सालको आम निर्वाचनमा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेशबाट निर्वाचित भएका थिए। बैठकमा ओली पक्षले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सहभागिता बिना तोकेको महाधिवेशनको तयारीका विषयमा पनि छलफल गर्ने एजेण्डा बनाएको छ।

    बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपालखनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्ने छ। ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए।

    उनीहरुका कारण नेकपा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद जोगाएका थिए। बुढा, शाही र थापालाई शनिबार नेकपा एमाले ओली पक्षीय कर्णाली प्रदेश कमिटी बैठकले पार्टी सदस्यताबाट निष्कासन गरेको निर्णय गरेको थियो भने उनीहरुको सांसद पद खारेजीका लागि केन्द्रमा सिफारिस पठाएको थियो।

    उनीहरु तीन जना शनिबार नै शाही नेतृत्वको सरकारमा मन्त्रीमा नियुक्त भएका थिए। उनीहरुले आइतबार सपथ खाने तयारी छ।


    उता नेकपा माओवादी केन्द्रले पनि भोली सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउनेछ । ‘भोलि बैठक बोलाइएको छ। अब नयाँ सरकार बन्ने भए पनि नभए पनि यो सरकारलाई समर्थन नरहेको जानकारी गराउँछौँ,’ श्रेष्ठले भने ।

    माओवादीले समर्थन फिर्ता नलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गर्दै आएका छन् । श्रेष्ठका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ । पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी, कांग्रेस र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवको समूह ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने कसरतमा छन् ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १४:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij