२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रामबहादुर थापा बादललाई मन्त्रीमा नियुक्त गर्दै गृह मन्त्रालयको जिम्मेवारी दिएकी छन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बादलले आजै पद तथा गोपनियताको शपथ लिनेछन्। राष्ट्रिय सभा सदस्य पद खारेज भएपछि उनको मन्त्री पद स्वतः खारेज भएको थियो।
आइतबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग दुई घन्टा छलफलका क्रममा उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिनका लागि प्रस्ताव भएको थियो। तर मन्त्रिमण्डलमा कुरो नमिलेपछि उनलाई गृह मन्त्रालयकै जिम्मेवारीमा पुनःनियुक्ति गरिएको स्रोतले जनायो। इश्वर पोखरेलले भाँजो हालेपछि बादल उपप्रधानमन्त्री बन्न बाट रोकिएको श्रोतको भनाई छ।
एमाले नेताको हैसियतमा बादललाई प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा पुनर्नियुक्ति गरी सपथ गराउन लागेका छन्।
सांसद नभएका व्यक्ति ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था रहेको छ। यही व्यवस्थाअनुसार बादल उपप्रधानसहित पुनः गृहमन्त्री बन्ने भएका हुन्। २३ फागुन २०७८ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता रहेका थापा एमालेमा प्रवेश गरेका थिए। २०७४ सालमा थापा नेकपा माओवादी केन्द्रको कोटाबाट गृहमन्त्री भएका थिए।
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र संसद सचिवालयलाई बुझाएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij