Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अहिलेका ओली र बीस बर्ष अघिका ओली, उ बेला जस्तै छ कि अझै आक्रामक छ अचेल उनको बोली ?

अहिलेका ओली र बीस बर्ष अघिका ओली, उ बेला जस्तै छ कि अझै आक्रामक छ अचेल उनको बोली ?


  • 5.9K
    Shares

    अहिलेका ओली र बीस बर्ष अघिका ओली, उ बेला जस्तै छ कि अझै आक्रामक छ अचेल उनको बोली ?

    sss.jpg

    जरो हल्लिने गरि खरो बोल्ने प्रधानमन्त्री केपी ओली संग घटना र विचार साप्ताहिकले २०५५ चैत २४ बुधबार लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौ। 

    ‘म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ’ : केपी ओली
    ० तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ?
    – माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ । आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ । तसर्थ ऊ गुण्डागर्दी र आतङ्ककारी क्रियाकलापमा उत्रिएको छ । हरेक ठाउँमा पुगेर हुलहुज्जत गर्नु त्यो गुटको सामान्य दिनचर्या नै भएको छ । यस कामलाई राप्रपा र नेपाली काङ्ग्रेसले समेत सघाइरहेको महसुस गर्देछु म । अहिले झापाको ६ नम्बर क्षेत्रमा समेत यस किसिमको क्रियाकलाप बढाउँदैछन् उनीहरू ।

    ० झापाको २ र ६ मा चुनाव जित्न नसक्ने भएर मालेले यस्तो गरेको हो त ?
    – चुनाव त मालेले कहीँ पनि जित्न सक्दैन । रह्यो कुरा किन यस्तो उपद्रो गर्न थालेको भन्ने, यस गुटको जन्म नै तोडफोडको अभ्यासबाट भएकोले जे पाए पनि तोड्ने र फोड्ने नै उनीहरूको चरित्र बनेको छ ।

    ० एमालेले कसरी प्रतिरोध गर्छ त अब, माले त एमालेलाई सिध्याउन अघि बढिसकेको नैं देखिन्छ ?
    – सिध्याउने त कुरै नगरौँ अलिकति ‘डिष्टर्ब’चाहिँ गर्न सक्छ । तर, एमालेले चाह्यो भने त्यस्तालाई सजिलैसँग ठेगान लगाउन सक्छ ।

    ० त्यसोभए के एमालेले चाहेको छैन मालेलाई ठेगान लगाउन ?
    – उनीहरू चुनाव नगराउन खोज्ने तत्व हुन् भने नेकपा एमाले चुनाव गराउन खोज्ने शक्ति हो । उनीहरू चुनाव बिथोल्न चाहन्छन्, एमाले शान्तिपूर्ण चुनाव सम्पन्न गराउन चाहन्छ । तसर्थ उसले किचलो झिके पनि हामीले संयम धारण गरिरहेका छौँ ।

    ० माओवादी हत्यामा उत्रेको छ भने माले तोडफोडमा, यी दुईबीच समानता देख्नुहुन्छ रु यी दुवै एकै हुन् कि ?
    – यसप्रकारको तुलना गर्न त म उचित ठान्दिनँ । दुवै आ–आफ्ना ठाउँमा छन् । यतिखर म मालेको गुण्डागर्दी र अपराधपूर्ण क्रियाकलापको चर्चा गरिरहेको छु ।

    ० तपाईंमाथिको आक्रमण सुनियोजित होला कि आकस्मिक ?
    – सुनियोजित हो, किनकि घटना हुनुअघि मालेका नेताहरू त्यहाँ पुगेका थिए भन्ने बुझियो र घटना घटेसँगै पनि उनीहरू त्यहाँ उपस्थित देखिए । त्यसबाहेक राप्रपा, माले र काङ्ग्रेसले संयुक्त रूपमा प्रहरीथाना घेर्ने, सडक जाम गर्ने, गालीगलौज गर्ने आतङ्क सिर्जना गर्ने, संयुक्त झण्डा लिएर मैदानमा उत्रिनेजस्ता पूर्वनिर्धारित स्वरूपमा गतिविधि दर्शाए । तसर्थ ममाथिको हमला आकस्मिक हो भन्ने ठाउँ नै छैन ।

    ० तपाईंले माफी मागेको कुराले मंगलबारका पत्रपत्रिकाहरूमा ठाउँ पाएको छ । कोसँग किन माफी माग्नुपरेको हो नि ?
    – हुल्लडबाजहरूले मेरै गाडीमा ढुंगामुढा गर्ने फेरि मेले नै माफी माग्ने रु मैले उनीहरूलाई जवाफ दिएको छैन, संयम धारण गरिरहेको छु । माफी माग्ने होइन, परिआयो भने मैले जवाफ दिन्छु ।

    ० कस्तो जवाफ रु किन नदिएको त ?
    – ढुंगा हान्ने कुराको जवाफ कस्तो हुन्छ रु म एउटा जिम्मेवार पार्टीको नेता भएकोले पनि त्यस्तो जवाफ फर्काउन हतार गरिहाल्नु ठीक ठान्दिनँ ।

    ० आफ्नो कमजोरी भएकैले झापामा केपी ओलीले मालेसँग झुकेर माफी माग्न थालेको टिप्पणी हुन थालेको छ त ?
    – म झापामा कमजोर रु कस्तो हास्यास्पद कुरा ! मैले ल्याएको भोटको एक चौथाइ भाग मात्र मालेले झापामा पुऱ्याओस् । म यति मात्र भन्न चाहन्छु ।

    ० तपाईंका विरुद्ध झापामा काङ्ग्रेस, राप्रपा, माले तीनै पार्टी एकजुट भए, अब कसरी ‘फेस’ गर्दै हुनुहुन्छ त ?
    – स्यालहरू जतिसुकै सङ्ख्यामा एकत्रित भए पनि हात्तीको शिकार त गर्न सक्दैन नि !

    ० मतलब, तपाईं झापाको लागि हात्तीसमान हुनुहुन्छ ?
    – त्योभन्दा पनि बढी छु । हात्तीभन्दा ठूलो शक्ति हुँ म झापामा ।

    ० मालेलाई पराजित गर्ने रणनीति कसरी अघि बढ्छ नि तपाईंहरूको ?
    – जनताबाट तिरस्कृतलाई पराजित गर्न पनि केको रणनीति नि ?

    ० कांग्रेसको स्थिति के छ नि झापामा ?
    – कुनै पार्टी पनि खुट्टा टेक्न सक्दैनन् यहाँ भन्ने इतिहास प्रमाणित तथ्य छ । माले त जन्मिनेबित्तिकै बामे सर्नुको साटो फट्याङ्ग्रे उफ्र्याइँ गर्ने प्रयास गर्दैछ, त्यसैले त्यसको त विनाश पक्का छ ।

    ० भनेपछि, एमालेबाहेक अरुको हैसियतै छैन त झापामा ?
    – उम्मेदवार बन्ने हैसियत छ । कसै–कसैले जमानत पनि जोगाउलान् जस्तो लागेको छ । चुनाव जित्ने हैसियतचाहिँ कसैको छैन । कसैले जित्छु भन्छ भने मत गणना नहुन्जेल कुरामा जित्ने हो ।

    ० अरू केही भन्नु छ ?
    – संचारमाध्यममा आधारहीन कराहरूले पनि ठाउँ पाउने गरेका छन्, त्यस्तो नहोस् कतै पनि भन्न चाहन्छु । माफीका कुरा कपोलकल्पित हुन् । केपीले गल्ती पनि गर्दैन र माफी पनि माग्दैन ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १४:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij