२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । आफ्नो ध्यान सत्ता समीकरणमा भन्दा पहिला अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौता पास कसरी गर्ने भन्ने रहेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले जसरी भएपनि एमसीसी पास गर्ने बताएका छन् । पार्टीका पदाधिकारीहरूको अनौपचारिक बैठकमा देउवाले कांग्रेस र मुलुकका लागि नयाँ सत्ता समीकरण बनाउने भन्दा एमसीसी पास गर्नेमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठक अघि देउवाले बैठकमा कांग्रेसले प्रस्तुत गर्ने एजेण्डाबारे छलफल गरेका थिए । आफै निवास बुढानिलकण्ठमा देउवाले नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणलगायत नेताहरूसँग छलफल गरेका थिए ।
छलफलको सुरुवात गर्दै देउवाले सर्वदलीय बैठकको एजेण्डामा एमसीसीको विषय आफूले जोडदार रूपमा उठाउने सोच बनाएको हुँदा सुझाव दिन भनेका थिए । ‘मेरो ध्यान सत्ता समीकरणभन्दा पनि एमसीसी कसरी पास गर्ने भन्नेमा छ । यही विषय सर्वदलीय बैठकमा उठाउनु पर्नेछ’ देउवाको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने ।
बैठकमा सहभागी नेता पौडेल, उपसभापति निधि, महामन्त्री खड्कालगायत नेताले एमसीसीबारे समर्थन जनाए । बैठकमा देउवाले एमसीसी पास गर्नुपर्ने कारण प्रष्ट्याउँदै भनेका थिए, ‘एमसीसी विकास आयोजना हो । यसमा कुनै सैन्य प्रयोजन छैन । विकास परियोनाका आधारमा अगाडि बढेपछि हाम्रो पालामा सम्झौता गरेका हौं । परियोजना अगाडि बढ्न सकेन भने नेपालको भौतिक विकासमा गम्भीर प्रभाव पार्छ । दातृ निकाय, अन्तर्राष्ट्रिय समुदायले नेपालमा लगानी गर्ने वातावरण बिग्रिन्छ । अनुदान दिने र ऋण दिने वातावरण बिग्रिन्छ । मुलुकको विकासका लागि यो पास हुनुले धेरै ठूलो अर्थ राख्छ ।’
अर्थ मन्त्रालयले २०७६ असार ३० मा अमेरिकी सहायता सम्झौता पत्र (मिलेनियम च्यालेन्ज सम्झौता, कम्प्याक्ट) संसद् सचिवालयमा दर्ता गराएको थियो । तर, दर्तापछि संसदीय अनुमोदन निम्ति कार्यसूचीमा पर्न सकेको छैन ।
त्यसपछि नेपा पौडेलले एमसीसी पास भइसक्नुपर्ने भए पनि नभएको र अब कांग्रेसले पहलकदमी लिएर पास गर्नुपर्ने बताएका थिए । त्यसपछि पुनः देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पास गर्ने माहोल बनाउन नसकेको भन्दै आफूले अनौपचारिक रूपमा पहलकदमी सुरु गरेको बताएका थिए ।
पदाधिकारी बैठकमा भएको सहमतिअनुरुप देउवाले एमसीसीका विषयमा नेकपा माओवादी केन्द्रसँग पनि कुराकानी गर्ने यो परियोजनामा माओवादी पनि सकारात्मक हुनुपर्छ । सहमतिबाट पास गर्न सक्यो भने अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश जान्छ । ‘ओलीजीले मात्रै यो प्रस्ताव पास गराउन सक्नु भएन’, देउवाको भनाइ थियो, ‘कांग्रेसले अग्रसरता लिनुपर्छ ।’
देउवाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा भएको सर्वदलीय बैठकमा एमसीसी प्रस्ताव अगाडि बढाउने र पास गर्ने भन्ने धारणा राखेका थिए । कांग्रेसले अग्रसरता लिएपछि सभामुख पनि सकारात्मक हुने माओवादी केन्द्रका शीर्ष नेताहरू सकारात्मक जोशिला युवा नेताहरूलाई मनाउन समय चाहिन्छ भनी देउवाले समय मागेका छन् ।
मधेशवादी दलहरू पनि यो प्रस्ताव अगाडि बढाउन सहमत छन् । सबैको समर्थन हुने बुझेपछि देउवाले आज बस्ने बैठकमा यो बिषयमा निर्णय गराउने बुझिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij