Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज पनि घट्यो सेयर बजार, कारोबार रकम ५ अर्बमा झर्‍यो

आज पनि घट्यो सेयर बजार, कारोबार रकम ५ अर्बमा झर्‍यो


  • 1.4K
    Shares

    • images
    आज पनि घट्यो सेयर बजार, कारोबार रकम ५ अर्बमा झर्‍यो

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । सोमबार बजार मापक नेप्से १०.१४ अंकले घटेको हो । बजार घटेसँगै समग्र बजार मापक २,७०४.७० विन्दुमा पुगेको छ ।

    आज ८५ कम्पनीको सेयरमूल्य बढ्दा १४५ कम्पनीको घटेको छ । १३ कम्पनी स्थिर रहे । बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन पाँच अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    राप्ती हाइड्रो, सामुदायिक लघुवित्त, ग्रीन डेभलपमेन्ट, मानुषी लघुवित्त, इस्ट्रन हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे ।

    बजार घट्दा बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, व्यापार र अन्य समूह सूचक घटेको छ । म्युचअल फन्ड सूचक स्थिर रहे । 

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १५:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij