२०८२ भाद्र ८ गते आइतवार
पेट सफा : दैनिक मलासन मुद्रामा बसेर खालि पेटमा मनतातो पानी पिउँदा आन्द्रामा सकारात्मक दबाव बन्छ । दिसा गर्न सहज हुने र पेट सफा भै पेटसँग सम्बन्धित समस्याबाट बच्न मद्दत पुग्छ।
विषाक्त पदार्थ बाहिरिन्छ : मलासनमा बसेर कुहिनो घुँडा अघि ल्याएर नमस्कार गरेर केहि मिनेट बस्दा शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्किन्छ । जसले मिर्गौलालाई काम गर्न सहज पार्छ । छाला पनि सफा हुन्छ ।
प्रजनन् अंग बलियो: मलासनमा बसेर पानी पिउँदा प्रजनन अंग र त्यसवरपरको अंग सहित कम्मरको भागको मांसपेशी बलियो हुन्छ । जसले मुत्राशय र आन्द्राको चाल नियन्त्रणमा मद्दत पुग्छ ।
घुँडाको हड्डी बलियो पार्छ: दैनिक सो अभ्यास गर्दा जोर्नीमा लचकता आउँछ । घुँडाको हड्डी बलियो भै दुखाई र जाम हुने समस्या भएमा पनि कम हुँदै जान्छ ।
अपचको समस्याबाट छुट्कारा: यस मुद्रामा बसेर पानी पिउँदा पेटमा दवाब परी ग्यास, पेट ढुस्स हुने समस्याबाट राहत मिल्छ ।
मेटाबोलिजम राम्रो बन्छ: मलासनले मेटाबोलिजमलाई राम्रो पार्छ । जसले अनावश्यक बोसो हटाई तौल नियन्त्रण पार्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij