Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमालेको सांसदबाट राजीनामा दिन २६ जनाले गरे हस्ताक्षर, नेपाल नयाँ पार्टी गठन गर्न भित्र-भित्रै  सक्रिय 

एमालेको सांसदबाट राजीनामा दिन २६ जनाले गरे हस्ताक्षर, नेपाल नयाँ पार्टी गठन गर्न भित्र-भित्रै  सक्रिय 


  • 50.2K
    Shares

    एमालेको सांसदबाट राजीनामा दिन २६ जनाले गरे हस्ताक्षर, नेपाल नयाँ पार्टी गठन गर्न भित्र-भित्रै  सक्रिय 

    काठमाडौँ । बिबादको भूमरीमा निस्किनै नसक्ने गरि जाकिएको नेकपा एमाले अन्तत विभाजन हुने अन्तिम बिन्दुमा पुगेको छ। अहिले समानान्तर गतिविधि गरिरहेका माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गर्ने गोप्य तयारी हुँदै गरेको कुरा चुहिएको छ।

    पार्टी गठनकै लागि नेपाल यतिबेला देश दौडाहामा छन। एमालेभित्रका आफू पक्षधरको समानान्तर कमिटी गठनलगायतका काम पूरा भएपछि नेपाल समूह पार्टी दर्ता गर्ने तयारीमा रहेको छ। तर पार्टीको नाम र चुनाब चिन्हका बारेमा टुंगो लागिसकेको छैन। 

    जिल्लापछि प्रदेश र केन्द्रमा पनि समानान्तर कमिटी बन्ने बताइएको छ। यस विषयमा नेता नेपालले नै केही दिनअघि भनेका थिए,‘हामी कारबाहीबाट डराउँदैनौं, केन्द्रमा पनि कमिटी बन्नेछ।’

    सबैतिर समानान्तर कमिटी बनेपछि त्यसमा आवद्ध रहेकाहरुको हस्ताक्षरका आधारमा निर्वाचन आयोगमा नयाँ कम्युनिस्ट पार्टी गठनको तयारी भएको उच्च स्रोतले जनाएको छ।

    यसअघि एउटा भारतीय पत्रिका द हिन्दूले पनि नेपाल समूहले नयाँ पार्टी दर्ता गर्न लागेको खुलासा गरेको थियो। जसलाई नेपालले खण्डन त गरेका थिएनन् तर एमालेभित्रै संघर्ष गर्ने प्रतिक्रिया दिएका थिए।

    नयाँ पार्टी गठन हुने विषयमा नेपाल पक्षका नेता भिम रावलले केही खुलासा गरेका छन्। शनिबार राजधानीमा भएको एउटा कार्यक्रममा अर्को पार्टी बन्न सक्ने बताउँदै उनले भनेका थिए,‘हामीले तीन बर्षसम्म नेकपा भन्ने पार्टीमा काम गरेका थियौं, चुनाव चिन्ह पनि हसिया हथौडामा मत हालेर स्वीकार गरेकै हो।’

    नेपाल समूहको उक्त तयारीको विरोधमा केही नेता लागेका छन्। खासगरी एमालेभित्र नै सहजीकरण र सहमतिको विन्दु खोजिनुपर्ने उनीहरूको माग रहँदै आएको छ।

    युवा नेता घनश्याम भुसाल, योगेश भट्टराईलगायतले नयाँ पार्टी गठन भन्दा पनि एमालेभित्रै संघर्ष जारी राख्नुपर्ने बताएका थिए। तर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नेपाल पक्षका नेतासँग समन्वय गर्ने नदेखिएपछि नेपाल समूह नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको हो।

    नयाँ पार्टी बनेपछि चुनावमा नेकपा माओवादी केन्द्रसँग तालमेलमा जाने विषयमा पनि छलफल भइसकेको छ। ‘माओवादीसँग एकीकरण गर्ने भन्ने त टुंगो लागेको छैन तर गठबन्धन गरेर जान सकिने विषयमा कुराकानी चलेको हो’, स्रोतले भन्यो।

    यहि बिचमा नेकपा एमाले बाट प्रतिनिधी सभा सदस्य रहेका माधव पक्षका साम्सदले राजीनामा दिने भित्री तयारी छ । 

    यी हुन् राजीनामा पत्रमा हस्ताक्षर गर्ने सांसद

    झलनाथ खनाल 
    माधवकुमार नेपाल
    योगेश भट्टराई
    पवित्रा निरौला 
    भवानी खापुङ
    यज्ञराज सुनुवार
    गणेशकुमार पहाडी 
    नारायणप्रसाद खतिवडा
    जीवनराम श्रेष्ठ
    कृष्णलाल महर्जन 
    विरोध खतिवडा
    सुरेन्द्र पाण्डे 
    गोकर्ण विष्ट
    सोमप्रसाद पाण्डेय
    घनश्याम भुसाल 
    मेटमणि चौधरी
    राजबहादुर बुढा क्षेत्री 
    ध्रुवकुमार शाही 
    भीम रावल
    यज्ञबहादुर बोगटी 
    झपट रावल
    मुकुन्द न्यौपाने
    रामकुमारी झाँक्री
    कल्याणीकुमारी खड्का
    मायादेवी न्यौपाने
    लक्ष्मीकुमारी चौधरी

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १२:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij