Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नागढुंगा सुरुङमार्गमा फेरि स्थानीयको अवरोध, काम ठप्प

नागढुंगा सुरुङमार्गमा फेरि स्थानीयको अवरोध, काम ठप्प


  • 1.3K
    Shares

    • images
    नागढुंगा सुरुङमार्गमा फेरि स्थानीयको अवरोध,  काम ठप्प

    काठमाडौं ।  निर्माण अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काममा स्थानीयले अवरोध सिर्जना गरेका छन् । खानेपानी लगायतका विभिन्न माग गर्दै चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले आइतबार बिहानदेखि निर्माणको काममा अवरोध गरेका आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए ।

    इन्जिनियर पन्थीका अनुसार अहिले काठमाडौं र धादिङ दुवैतर्फको निर्माण कार्य रोकिएको छ । उनीहरूले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, खेतीयोग्य जमिनमा सिँचाइको विकल्पको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलन गरेका हुन् । स्थानीयले आफ्ना मागहरू पूरा नगरेसम्म काम गर्न नदिने अडान लिई सुरुङको प्रवेशद्वार अगाडि ब्यानरसमेत टाँगिएको पन्थीको भनाइ छ ।

    पन्थीका अनुसार काम रोकिएको र स्थानीयसँग छलफल गरेर समाधानको प्रयास भइरहेको छ । यसअघि गत फागुन १८ मा धादिङतर्फका स्थानीयले विभिन्न माग गर्दै निर्माण कार्यमा अवरोध गरेका थिए ।

    निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङ मार्गबाट सवारी साधन चलाउने आयोजनाको टार्गेट छ । तर पटक पटक काममा अवरोध हुँदै आएको निर्माण नसकिनेमा शङ्का उब्जिन थालेको छ ।

    हाल यो सुरुङ मार्गको ८६ प्रतिशत निर्माण सकिएको छ । २०७६ कात्तिक ४ मा निर्माण थालिएको उक्त सुरुङ मार्गको मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । हाल सुरुङभित्र लाइटिङ, कङ्क्रिट सडक निर्माण र बलम्बुको किसिपिडीमा फ्लाईओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १२:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij