Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा


  • 1.6K
    Shares

    • images
    प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

    काठमाडौं । प्रहरीले सुरु गर्न लागेको स्टाफ कलेज सञ्चालनमा रोक लगाउन माग  गर्दै सर्वोच्चमा दायर भएको रिटमाथि मंगलबार सुनवाइ हुँदै छ ।

    सो रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो । रिपेन्द्र कुमार सहित २० जना डीएसपीले स्टाफ कलेज विरुद्ध रिट दायर गरेका थिए ।

    पुलिस लिडरसिप एन्ड स्टाफ कोर्समा सहभागीताका लागि चैत ७ मा प्रवेश परीक्षा सञ्चालन गर्न प्रहरी प्रशिक्षण प्रतिष्ठानले सूचना जारी गरिसकेको छ ।

    अन्तिम सूचीमा १३१ जना छनोट भएका थिए । पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स अन्तर्गत मास्टर इन पुलिस साइन्स (एमपीएस) र प्रोफेसनल लिडरसिप कोर्स सहित दुई वटा कोर्सको पाठ्यक्रम स्वीकृत भैसकेको छ ।

    स्टाफ कलेज २०७० मा भर्ना भएका इन्स्पेक्टर र सोही समूहबाट डीएसपीमा बढुवा भएकाहरूबाट लागु गर्ने निर्णय गरिएको छ । उनीहरू १५८ औँ समूहका अधिकृत हुन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १२:११:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij