२०८२ माघ १३ गते मंगलवार
पार्टी निर्देशन विपरित नेकपा–एमालेले कर्णाली प्रदेशमा माओवादी मुख्यमन्त्रीका पक्षमा मत दिने एमाले सांसदलाई कारबाही गरेको छ।
प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’
प्रदेश सभामा शुक्रबार भएको मतदानमा एमालेका ४ जना सांसदले माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएपछि उनको पद जोगिएको थियो।
मुख्यमन्त्री शाहीको पक्षमा एमालेको माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij