Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यूएईले पनि धमाधम फर्काउन थाल्यो नेपाली कामदार

यूएईले पनि धमाधम फर्काउन थाल्यो नेपाली कामदार


  • 2.1K
    Shares

    • images
    यूएईले पनि धमाधम फर्काउन थाल्यो नेपाली कामदार

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा गैरकानुनी कार्यमा संलग्न हुने नेपाली कामदारलाई यूएई सरकारले धमाधम डिपोर्ट गर्न थालेको छ ।

    डिपोर्ट हुनेक्रम बढेपछि अबुधावीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै विभिन्न पेसा र व्यवसायमा कार्यरत नेपालीलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं सभ्य र शिष्ट व्यवहार गर्न अनुरोध गरेको छ ।

    आफ्नो पेसा र व्यवसायप्रति सधैं इमानदार, कर्तव्यनिष्ठ र अनुशासित भई कार्य गर्न दूतावासले अनुरोधसमेत गरेको छ ।

    विगत केही समयदेखि नेपालीहरूमा मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको र मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको भन्दै दूतावासले यसतर्फ समयमै सचेत हुन भनेको छ ।

    जथाभावी मादक पदार्थ सेवन गरी झैझगडा गरेको र आवासीय नियमको पालना नगरेकै कारण हालका दिनहरूमा निर्वासन (डिपोर्ट) हुने नेपालीको संख्यामा वृद्धि भएको र यसबाट व्यक्ति स्वयंको शारीरिक, मानसिक र पारिवारिक रूपमा समेत असर पर्ने गरेको छ ।

    यूएईमा रहँदा यहाँको ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोहीअनुरूप आचरण र व्यवहार गर्न र कानुनी रूपमा निषेध गरिएका क्रियाकलापमा संलग्न नहुन, ट्राफिक नियमको पालना गर्न पनि दूतावासले भनेको छ । आफ्नो इमिरेट्स परिचयपत्र (इमिरेट्स आईडी) सधैं साथमा लिएर हिँड्न पनि दूतावासले भनेको छ ।

    दूतावासका अनुसार ६ महिनाको अवधिमा करिब २ हजार ५ सयभन्दा बढी नेपालीलाई देश निकाला गरिसकेको छ भने यूएईका विभिन्न जेलमा ३ सयभन्दा बढीले जेल जीवन बिताइरहेका छन् । जसमध्येख ६ जना नेपालीले आजीवन जेल सजाय भोगिरहेका बताइएको छ ।

    साथै, सेवाग्राहीले दूतावाससमक्ष कुनै समस्या वा गुनासो प्रस्तुत गर्नुपरेमा दूतावासका सम्बन्धित अधिकारीसमक्ष सभ्य, शिष्ट र मर्यादित भई आफ्ना समस्या निवेदन गर्न अनुरोध गरेको छ । यूएईमा विभिन्न पेसामा गरी ६ लाख नेपाली कामदार कार्यरत छन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - ०५:३१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij