२०८२ माघ १३ गते मंगलवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो ।
स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता रहेको बताइएको छ । प्रचण्डले माधव नेपाललाई धन्यवाद दिदै गण्डकी प्रदेशमा पनि सोही अनुरुप सहकार्य गर्न प्रस्ताब गरेका थिए। गण्डकीमा पनि ओलीलाई धुलो चटाउनु पर्ने प्रचण्डको भनाई रहेको बुझिएको छ।
नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी एकपक्षीय ढंगले सञ्चालन गरेको भन्दै देशभर समानान्तर गतिविधि गर्दै आएको छ भने शुक्रबार कर्णालीमा ४ सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत लिएपछि राजनीति थप तरंगित बनेको छ । यसले ओली माथि ठुलो बज्र प्रहार गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij