२०८२ पौष १७ गते बिहिवार
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। बिगत तीन दिनदेखि स्थिर रहेका यी मुद्राको विनियमदर आज बढेको हो।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ १० पैसा छ। विगत दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।
हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij