Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने

रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने


  • 589
    Shares

    रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने भएको छ । रास्वपाको पार्टी सचिवालयले बुधबार सूचना जारी गर्दै समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने जानकारी दिएको हो । 

    रास्वपाले आयोगमा पठाएको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर असन्तुष्टि बढेपछि रास्वपाले बन्दसूची सच्याउने बताएको हो । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति ध्यानाकर्षण भएको बताएको छ । 

    जारी सूचनामा भनिएको छ,ुसमय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले  यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो । उक्त बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ ।

    बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पुस १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ । 

     

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १७:५९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij