२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धेरै समयपछि आफूलाई प्रधानमन्त्री ओलीको फोन आएको बताएका छन् । ललितपुरमा नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा धेरै समयपछि प्रधानमन्त्री ओलीको फोन आएको बताए ।
'मलाई थाहाँ छैन यो राम्रो हो कि नराम्रो हो ? म यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको फोन आयो । धेरै समयमपछि फोन आएको छ ।' प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी दाहाल कार्यक्रमस्थलबाट निस्केका छन् । खासमा ओलीले भोली सनिवार ११ बजेका लागि बोलाएको सर्बदलिय बैठकको निम्तो दिन प्रचण्डलाई फोन गरेका हुन्। प्रचण्ड भने ओलीले फोन गरेपछि के-के न भएको झैँ गरि हौसिएका छन्। हुन त ओली पनि पछिल्ला दिनमा संकटमा पर्न थालेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij