Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन अन्तर्गत किनमेलमा उल्लेख्य बचत गर्ने अवसर !

दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन अन्तर्गत किनमेलमा उल्लेख्य बचत गर्ने अवसर !


  • 1.5K
    Shares

    • images
    दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन अन्तर्गत किनमेलमा उल्लेख्य बचत गर्ने अवसर !
    images

    काठमाडाैं । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ। ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६०% सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

    क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटहरुको लाभ लिन सक्नेछन्। यस अन्तर्गत, ग्राहकहरूले सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६०% सम्मको आकर्षक छुट पाउनेछन्। सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ। तसर्थ, ग्राहकहरूलाई दराज एपको “फ्ल्याश सेल“ सेक्शन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ।

    त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरुको अनुभव प्राप्त गर्न सक्नेछन्। यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ। तर, यसका लागि दावी योग्यता र मापदण्ड अनुरूप हुनु पर्नेछ।

    ३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधा रहेको छ। यस अन्तर्गत ग्राहकहरूले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका विक्रेताहरू बाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन्। निःशुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सक्नुहुनेछ।

    ३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र भनइ, उपभोक्ताहरुलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आइ रहेको कम्पनीको भनाइ छ। क्याम्पेन अन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनहरूमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ।

    सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमार मा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । ५० करोड भन्दा बढी जनसंख्या रहेको र तीव्र रूपमा बढ्दो बजारलाई लक्षित गर्दै दराजले अनलाइन बजार, लॉजिस्टिक्स, भुक्तानी तथा वित्तीय सेवाहरू को समन्वय गर्दै एकीकृत पूर्वाधार निर्माण गरेको छ । दराजको उद्देश्य व्यापारको माध्यमबाट दक्षिण एसियाली समुदायलाई सशक्त बनाउनु हो ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८१ आइतवार - १२:०८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij