२०८२ माघ १३ गते मंगलवार
वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउनेरनपाउने टुङ्गो लाग्नेछ ।
सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत नपाए मुख्यमन्त्री शाही नेतृत्वको सरकार विस्थापित भई नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिनलाई प्रदेशसभाका २० सदस्यको मत पाउनुपर्छ, तर प्रदेशसभामा उनको दल नेकपा (माओवादी केन्द्र)का १२ सदस्य मात्र छन् । त्यहा एमालेको ओली खेमाका यमलाल कंडेल मुख्यमन्त्री बन्नेछन।
माओवादी केन्द्रले नेपाली कांग्रेस र राप्रपाको समर्थन पाउने गरी संवाद भइरहेको जनाए पनि यो कुरा अझै अमूर्त नै रहेको बुझिएको छ । प्रदेशसभामा कांग्रेसका ६ रराप्रपाका एक सदस्य छन् भने एमालेका सभामुखसहित २० सदस्य छन् । एमाले प्रमुख सचेतक गुलाबजङ्ग शाहले सबै दल मिल्दासमेत मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको दाबी गरेका छन् । एमालेका माधव नेपाल समूहको पक्षधर भनिएका प्रदेश सदस्यहरुसमेत माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विस्थापित गरेर एमालेको नेतृत्वमा सरकार बनाउन दृढ रहेका बताइएको छ ।
मुख्यमन्त्री पक्षधरले ‘एमालेका केही सांसदले ‘फ्लोर क्रस’ गर्छन्’ भनेर गलत हल्ला फैलाइएकामा आपत्ति जनाउँदै शाहले ‘पार्टी निर्णयअनुसार एमालेको सबै सांसद एकढिक्का भएको अवस्था छ, यदि मत बराबर नै भयो भने पनि सभामुखको मत निर्णायक हुने’ जिकिर गरे ।
एमालेले चैत ५ गते माओवादी केन्द्रका नेता शाही नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएको थियो । शाही संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । सो समयसीमाअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij