२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले काठमाडौं र ललितपुरमा गठन गरेका जिल्ला कमिटीका पदाधिकारीले शपथ ग्रहण गर्दैछन् ।
बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यका अनुसार काठमाडौं जिल्ला कमिटी पदाधिकारीको शपथ ग्रहण समारोह बिहान ११ बजे बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा आयोजना गरिनेछ ।
यस्तै ललितपुर जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण दिउँसो ललितपुरको महालक्ष्मीमा गराइनेछ । शपथ ग्रहणसँगै बैठक पनि राखिने बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेको भन्दै असन्तुष्ट नेपाल पक्षले समानान्तर कमिटी गठन गरिरहेको छ । अहिलेसम्म उसले ६० भन्दा बढी जिल्लामा समानान्तर कमिटी बनाइसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij