२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। ७ महिनामा ८ अर्ब ८४ करोड ८६ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा ९ अर्ब ६० करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।
गत आव २०८०/८१ को सोही अवधिमा राजस्व ८ अर्ब ९० करोड सात लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६.१० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।
चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट पाँच अर्ब २८ करोड १४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यातायातका साधन र तिनका पाटपुर्जाबाट २४ करोड, तरकारीको आयतबाट ४४ करोड २५ लाख ४२ हजार, दलहनबाट १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट १५ करोड ७३ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij