Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दैनिक १३ करोड नोक्सान हुने गरेको तथ्यांक हेरेपछि प्रधानमन्त्री ओलीको तात्यो पारो, के-के भन्दै कुर्लिए ?

दैनिक १३ करोड नोक्सान हुने गरेको तथ्यांक हेरेपछि प्रधानमन्त्री ओलीको तात्यो पारो, के-के भन्दै कुर्लिए ?


  • 8.8K
    Shares

    दैनिक १३ करोड नोक्सान हुने गरेको तथ्यांक हेरेपछि प्रधानमन्त्री ओलीको तात्यो पारो, के-के भन्दै कुर्लिए ?

    काठमाडौं । आज नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा ‘मेरो कित्ता’मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा भइरहेको ढिलाइ सैह्य नहुने बताएका छन्। ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताएका हुन्।

    अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैयाँ नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुची बढाउनु पर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताए। काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति बेहोर्नु पर्ने पनि उनको भनाइ छ।

    उनले भने, ‘अत्यन्तै अस्वभाविक ढङ्गले अपर तामाकोशीको काममा ढिलाइ गरिएको छ। मैले यसतर्फ विशेष ध्यान राख्नु पर्ने, रुची बढाउनु पर्ने जस्तो देखेको छु। अपर तामाकोशीको काममा जुन ढिलासुस्ती छ त्यो अस्वभाविक, असाधारण छ। लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ। त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ। परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ। केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ। यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन।’

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १६:१०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij