Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीलाई कमजोर पार्न नसकेपछि माधव पक्षका पच्चीस सांसदले सामुहिक राजीनामा दिंदै, प्रचण्डले मारे धाप 

ओलीलाई कमजोर पार्न नसकेपछि माधव पक्षका पच्चीस सांसदले सामुहिक राजीनामा दिंदै, प्रचण्डले मारे धाप 


  • 32.6K
    Shares

    ओलीलाई कमजोर पार्न नसकेपछि माधव पक्षका पच्चीस सांसदले सामुहिक राजीनामा दिंदै, प्रचण्डले मारे धाप 

    नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभाका झण्डै दुई दर्जन सांसदको सामूहिक राजीनामा गराउने गुप्त तयारी गरेको भरपर्दो समाचार श्रोतले बताएको छ । केपी ओलीविरुद्ध समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको उक्त समुहका २५ सांसद सामुहिक राजीनामा दिन तयार भएका छन् । 

    ओलीलाई अहिलेकै अवस्थामा सत्ताच्युत गर्न सकस परेपछि नेपाल समूहले यस्तो योजना बनाएको विश्वस्त स्रोतको दाबी छ । ओलीलाई कसैगरी सिध्याउन नसकिने बुझे पछि उनीहरुले उक्त योजना बनाएका हुन्। 

    केपी ओली नेतृत्वको सरकार जसरी पनि विस्थापित गर्न  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको इच्छा पूरा गर्ने उद्देश्यले  नेपाल पक्षको पक्षमा रहेका एमालेका १२१ सांसद मध्ये सबै सांसद त्यसमा तयार नभए पनि झण्डै २० सांसद जिम्मेवारी त्याग गर्न राजी भइसकेको बताइन्छ । स्रोतका अनुसार, त्यसमा थप ५ सांसद जुटाएर सरप्राइज दिने नेपाल पक्षको तयारी छ । 

    ‘माधव पक्षका झण्डै २० सांसद जिम्मेवारी त्याग्न तयार भइसकेका छन् । अब यो संख्यालाई २५ पुर्याएर पुर्याएर सामूहिक राजीनामा गर्ने गुप्त योजना माधव नेपाल पक्षले बनाएको छ,’ स्रोतले भन्यो । 

    प्रतिनिधिसभामा रहेका नेकपा एमालेका १२१ सांसदमध्ये २ दर्जन बढी सांसद नेपालनिकट रहेको अनुमान छ ।  
    नेकपामा छँदै प्रचण्डसँग मिलेर ओलीलाई सत्ताच्युत गर्न माधव नेपाल अग्रसर भएका थिए । तर सर्वोच्चले एमाले ब्युँताइदिएपछि नेपाल पक्ष एमालेमा निकै रक्षात्मक छ । 

    ओलीलाई कमजोर पार्न संसद् र केन्द्रीय समिति दुवैतिरको गणितले साथ नदिने र अन्य पार्टीको समीकरणले पनि अवस्था प्रतिकूल भएपछि ओलीमाथि नैतिक संकट पार्न नेपाल पक्षले यस्तो कदम उठाउने तयारी गरेको हो । 

    राष्ट्रिय राजनीतिमा अहिले केपी ओली एकातिर र कांग्रेस–माओवादी अर्कातिर छन् । संसद्को चौथो ठूलो दल जसपा भने यी दुवै समूहतिर विभाजित छ । निर्णायक शक्ति जसपा विभाजित हुँदा कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल पक्षको चाहना पूरा भएको छैन । यदि नेपाल पक्षले सांसदलाई सामूहिक राजीनामा गराएमा अहिलेको शक्ति सन्तुलनमा बदलाब आउनेछ ।  प्रचण्ड संगको सल्लाह पछि माधव नेपाल उक्त काम गर्न राजी भएका हुन्।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १६:००:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij