Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

सत्ता पक्षीय दलका प्रमुख सचेतकहरूको बैठक बस्दै, अध्यादेशबारे जुट्दै सहमति

सत्ता पक्षीय दलका प्रमुख सचेतकहरूको बैठक बस्दै, अध्यादेशबारे जुट्दै सहमति


  • 2.3K
    Shares

    सत्ता पक्षीय दलका प्रमुख सचेतकहरूको बैठक बस्दै, अध्यादेशबारे जुट्दै सहमति

    काठमाडौं । सत्ता पक्षीय दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक बसेको हो ।

    सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने जनाइएको छ ।

    बैठकमा काँग्रेसका मुख्य सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौला लगायत जसपा, जसपा नेपाल, जनमत, नाउपा र लोसपाका प्रमुख सचेतक सहभागी छन् ।

    यसअघि शनिबार सत्तारुढ दलहरूले भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए।

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १०:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij