Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेसपा (नयाँ शक्ति) प्रथम महाधिवेशन

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु


  • 2.2K
    Shares

    बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु

    काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) को काठमाडौंमा जारी बन्दसत्रले संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ । भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

    सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । शर्माका अनुसार पदाधिकारी, केन्द्रीय समिति सदस्य सङ्ख्या यसअघि विधान अधिवेशनले अनुमोदन गरेको सङ्ख्यालाई नै पारित गरिएको छ । अहिले नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको उनले बताए । 

    ‘राजनीतिक र साङ्गठनिक प्रतिवेदन केही सुझावसहित सर्वसम्मत रूपमा पारित भएको छ । पदाधिकारी र केन्द्रीय समिति सदस्य विधान अधिवेशनले नै तय गरेको सङ्ख्या अनुमोदन गरेको छ । योसँगै बन्दसत्रले समसामयिक प्रस्ताव पनि पारित गरेको छ’, उनले भने । 

    उनले नेतृत्व छनोट प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट हुने बताए । नयाँ नेतृत्व चयन गरी मङ्गलवार महाधिवेशन सम्पन्न हुनेछ ।

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १७:५२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij