Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला

पूजाको उत्कृष्ट अर्धशतक, नेपालद्वारा सुधारिएको ब्याटिङमा १४६ रनको लक्ष्य

पूजाको उत्कृष्ट अर्धशतक, नेपालद्वारा सुधारिएको ब्याटिङमा १४६ रनको लक्ष्य


  • 2.2K
    Shares

    पूजाको उत्कृष्ट अर्धशतक, नेपालद्वारा  सुधारिएको ब्याटिङमा  १४६ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत आज जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

    नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् । सुधारिएको ब्याटिङ गर्दै नेपाली महिला टिमले त्रिवि मैदानमा अहिलेसम्मको आफ्नो उच्च स्कोर बनाएको हो ।

    ७ रनमा दुई विकेट गुमाएपश्चात कप्तान इन्दु बर्मा र पूजा महतोले नेपाललाई कमब्याक गराएका थिए । उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दुले ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

    पाँचौं नम्बरमा आएकी रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन् । उनले ३ चौका प्रहार गरेकी थिइन् । पूजाले ५१ बलको सामना गर्दा ५ चौका प्रहार गरिन् । कविता जोशीले ६ बलमा एक छक्कासहित ७ रन जोडिन् ।

    प्रकाशित मिति :माघ २३ २०८१ बुधवार - १३:५०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij