Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला टी-२० शृंखला

महिला टी-२० शृंखला : थाइल्याण्डलाई जित्न नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

महिला टी-२० शृंखला : थाइल्याण्डलाई जित्न नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य


  • 1.5K
    Shares

    महिला टी-२० शृंखला : थाइल्याण्डलाई जित्न नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

    काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले मंगलबार थाइल्याण्डसँग खेलिरहेको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा भइरहेको खेलमा थाइल्याण्डले नेपालसामू १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो ।

    थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए । नानपत कोन्चारोन्काइले १९ रन बनाइन् । ५६ मा ६ विकेट गएको अवस्थाबाट चनिदा र थिपाथ्चा मिलेर अविजित अर्धशतकीय पारी खेले ।

    नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले १-१ विकेट लिए । रचनाले नेपालका लागि टी-२०आईमा डेब्यू विकेट लिएकी हुन् ।

    नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब छ ।

    शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।

    प्रकाशित मिति :माघ २२ २०८१ मंगलवार - १४:४९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij