२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा पार्टी सुदृढिकरण अभियानको समीक्षा भइरहेको छ ।
आजको बैठकमा थप सदस्यहरूले धारणा प्रस्तुत गरिरहेको प्रवक्ता मनीष सुमनले जानकारी दिए । छलफलमा सहभागी नेताहरूले अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि धारणा व्यक्त गरिरहेको उनले बताए । मधेशकेन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएका अध्यादेश र ताप्लेजुङमा चलिरहेको नो केबलकार आन्दोलनलगायत विषय पनि बैठकको एजेन्डा छन्।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij