Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सरकारले निरंकुश शासनको झल्को दियो : राजेन्द्र पाण्डे

सरकारले निरंकुश शासनको झल्को दियो : राजेन्द्र पाण्डे


  • 1.3K
    Shares

    सरकारले निरंकुश शासनको झल्को दियो : राजेन्द्र पाण्डे
    images

    काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारले ६ महिनामा देखाउने कुनै काम गर्न नसकेपछि अध्यादेशको सहरा लिएको आरोप लगाएका छन् ।

    शुक्रबार प्रतिनिधि सभा बैठकमा दलीय धारणा राख्दै पाण्डेले ल्याउने ट्रेनले पार्टीभित्रका सांसदलाई बाध्य पारेर अध्यादेश पारित गरिनुपर्ने अवस्था सिर्जना गर्न लागिएको बताए । 

    ‘यसमा खेल्ने, छलफल गर्ने ठाउँ छैन भन्ने देखिन्छ’, उनले भने, ‘दुई तिहाइ छ जेजे मन लाग्यो त्यही गरे भइगयो त । कालोलाई सेतो भन्नुस् । जे मनलाग्यो त्यही गर्न दुई तिहाइ हो 

    नेता पाण्डेले दुई तिहाइको घमण्ड नगर्न आग्रह गर्दै अध्यादेशले निरंकुश शासनको झल्को दिएको बताए । उनले आर्थिक सूचक सकारात्मक नभएको भन्दै युवाहरू दैनिक विदेश जाने क्रम नरोकिएको र गाउँ खालि भएको बताए । उनले सरकार विरोधीलाई दमन गर्न सरकार लागेको भन्दै सहकारी समस्या जस्ताको तस्तै रहेको बताए । उनले संविधान संशोधन गर्ने भनेर दुई दलबिच गठबन्धन भएपनि अहिले त्यो विषय कहाँ हरायो भन्दै प्रश्न गरे ।

    उनले बुढिगण्डकी आयोजनामा केही समयभित्र सुरु नभए  धादिङ र गोरखाका जनताले राजमार्ग छेक्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - १६:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij