Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

राजेन्द्र लिङ्देनको प्रश्न : सुशासन र अर्थतन्त्र सुधारमा यो सरकारले के गर्‍यो ?

राजेन्द्र लिङ्देनको प्रश्न : सुशासन र अर्थतन्त्र सुधारमा यो सरकारले के गर्‍यो ?


  • 1.7K
    Shares

    राजेन्द्र लिङ्देनको प्रश्न : सुशासन र अर्थतन्त्र सुधारमा यो सरकारले के गर्‍यो ?
    images

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारको ६ महिनाको कार्यकाल निराशाजनक रहेको भन्दै कांग्रेस–एमालेको सरकारले जनतालाई कुनैपनि डेलिभरी दिन नसकेको बताएका छन् । 

    शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नियमित कामलाई नै उपलब्धि भनेर प्रधानमन्त्रीले संसदमा गरेको व्याख्या उपलब्धि मान्न नसकिने बताए । 

    ‘ सिद्धबाबाको ब्रेक थ्रु भो, फास्ट ट्रयाकमा पनि ब्रेक थ्रू भो, बंगलादेशसँग विद्युत् व्यापार भो भनेर प्रधानमन्त्रीले भन्नुभयो’, उनले भने, ‘के यो सरकार नभएको भए सिद्धबाबा ब्रेक थ्रु हुँदैन थियो रु कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ?

    उनले यसैलाई उपलब्धि मान्ने हो भने सरकार नै छैन भन्नुपर्ने अवस्था रहेको बताए । उनले सरकारले नै ऐन कानुन बनाएर भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै त्यो रोकिनुपर्ने बताए । 

    ‘सुशासन र अर्थतन्त्रमा के सुधार गर्‍यो सरकारले रु विदेशी मुद्रा सञ्चिति सरकारका कारणले हो कि हाम्रा भाइछोरा बेचेर हो रु साढे ६ महिनाको समय निराशाजनक छ । हामी चाहन्छौँ कांग्रेस –एमाले मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । तर भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै सरकार लागेको छ’, लिङ्देनले अध्यादेशपछि सिमेन्टमा कालोबजारी भएको बताए । उनले अध्यादेशको अरू कन्टेन्टमा पछि छलफल गर्न सकिने भन्दै अध्यादेशका कन्टेन्टमा अरूले पनि ल्याएको भनेर देशलाई अध्यादेशबाट चलाउने प्रयास नगर्न आग्रह गरे । उनले रास्वपा सभापति रवि लामिछाने ८४ दिन हिरासतमा बस्नुपर्ने तर त्यस्तै मुद्दामा अरू पार्टीका नेता भने हिरासत बस्न नपर्ने पक्षपात भएको बताए । उनले लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको डण्डा चलाएपनि अरू नेताको गर्नुपर्ने कि नगर्ने रु भन्दै प्रश्न गरे ।

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - १६:१८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij