Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

राजनीति

कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष स्थगित

कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष स्थगित


  • 1.0K
    Shares

    कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष स्थगित
    images

    काठमाडौं । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ । 

    ‘सांसदहरूले बोल्ने क्रम सकिएको छ । मन्त्रीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । २४ गते संसद्को बैठक बस्छ । त्यहिदिन बिहान बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ’, उनले भने, ‘आजको बैठकमा अध्यादेशको विषयमा सांसदहरूले कुरा उठाउनुभएको छ । ती बाहेक आफ्ना क्षेत्रका समस्याबारे कुरा उठेका छन्’, उनले भने । 

    यस्तै ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल हल गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेको र उनले संसदीय मामिला मन्त्रालयको सचिवलाई बोलाएर तत्काल वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको जानकारी दिए ।

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - १२:२५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij