Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

संसदीय दल बैठक

अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय

अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय


  • 1.6K
    Shares

    अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादीले सरकारले ल्याएको अध्यादेशको अलोकतान्त्रिक भन्दै विरोध गर्दै आएको छ ।

    त्यस्तै, आजको बैठकमा संसद्को हिउँदे अधिवेशन थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए । प्रमुख प्रतिपक्षी दलको हैसियतले अरु प्रतिपक्षी दललाई पनि सँगै लैजाने विषयमा माओवादी बैठकमा छलफल भएको छ ।

    हाम्रो दुईवटा जिम्मेवारी छन् । एउटा आफ्नो दलहरूको आवाज उठाउने । विपक्षी दललाई लिएर आवाज घनीभूत गर्ने विषयमा लामो छलफल भएको छ,” पाण्डेले भने ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान भएको विपक्षी दलसँगको छलफलबारे पनि ब्रिफिङ गरेका थिए ।
    बैठकले सदनमा सशक्त ढंगले प्रस्तुत हुने निर्णय पनि गरेको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो दिन (भोलि)को बैठकमा प्रचण्डले सम्बोधन गर्ने पाण्डेले बताए ।

    प्रकाशित मिति :माघ १७ २०८१ बिहिवार - १७:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij