२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । मधेश केन्द्रित आठ दलको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बस्नेत तय भएको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले बताए ।
आजको बैठकमा आठ पार्टीको मोर्चा बनाउने विषयमा छलफल केन्द्रित हुने उनले बताए । उनले भने, आज ८ वटै दलको प्रतिनिधि सहभागी हुनुहुन्छ। सबै दलबाट एक-एक जना प्रतिनिधि तोकेर पार्टी शीर्ष तहमा संवादको प्रक्रिया अघि बढाउने गरी छलफल अघि बढ्छ ।
आजको बैठकमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपा सहभागी हुनेछन् ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij