२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आफ्नो टिम एपीएफलाई एन्फा महिला लिगको उपाधि दिलाउँदै कप्तान अनु लामाले फुटबलबाट बिदा लिएकी छिन्।
बुधबार भएको एन्फा महिला लिगको फाइनल खेलमा नेपाल प्रहरीलाई ४-० ले हराउँदै एपीएफले उपाधि जितेको हो।
आफ्नो टिमले लिगको उपाधि चुमेसँगै लामाले खेल जीवनबाट सन्यास लिने घोषणा गरिन्। उनले राष्ट्रिय टिमका लागि ३५ गोलको योगदान गरेकी छिन्।
एपीएपका खेलाडीले लामालाई ‘गार्डअफ अनर’ दिएर बिदाइ गरेका थिए। उनी खेल मैदानमै भावुक बनेकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij