२०८२ भाद्र २३ गते सोमवार
प्रहरीको गोली लागेर अमेरिकामा एक अश्वेत व्यक्तिको मृत्यु भएको छ। २० वर्षीया डन्टे राइटको प्रहरीको गोली लागि मृत्यु भएपछि अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन भएको छ।
मिनियापलिस र सेन्ट पलमा कर्फ्यू लगाइएको छ । कर्फ्यू उल्लंघन गर्दै प्रहरी दमनको विरोध भइरहेको छ । गोली प्रहार गर्ने महिला प्रहरी अधिकारीको नाम किम पटर रहेको बताइएको छ ।
जर्ज फ्लोइडको मृत्युपछि प्रहरीले अश्वेत समुदायमाथि गर्ने दमनविरुद्ध 'ब्ल्याक लाइभ्स म्याटरर्स' अभियान संचालन भइरहँदा थप एक अश्वेत मारिएका हुन् ।
राइटलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई कारबाट बाहिर निकालिएको थियो। राइटले फेरि कार प्रवेश गर्ने क्रममा प्रहरीसँग केहीबेर विवाद हुँदा प्रहरीले गोली प्रहार गरेको हो। मिनसाटो प्रहरीले भने उक्त घटनालाई दुर्घटना भनेर पन्छिन खोजेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij