Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेकपा कुनै पनि हालतमा फुट्दैन : नेता झलनाथ खनाल

नेकपा कुनै पनि हालतमा फुट्दैन : नेता झलनाथ खनाल


  • 14.4K
    Shares

    नेकपा कुनै पनि हालतमा फुट्दैन : नेता झलनाथ खनाल

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा वैचारिक लडाइँ भए पनि पार्टी नफुट्ने दाबी गरेका छन् । 

    सोमबार इलामको माई नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास गर्दै नेकपाका सचिवालय सदस्य समेत रहेका नेता खनालले केही साथीहरुले बाटो बिराएको भए पनि मूलधारमा फर्कन आग्रह गरे ।

    ‘नेकपा फुट्छ र खान पाइन्छ भन्नेहरु रोटी बेल्न थालेका छन,’ खनालले भने, ‘तर त्यो सपना कुनै हालतमा पूरा हुँदैन ।’ नेता खनालले मंगलबार बस्ने पार्टी सचिवालयको बैठकले केही ठोस निर्णय गर्ने बताए ।

    सरकारले थालेको अभियान अनुसार इलामको माई नगरपालिका र सूर्योदय नगरपालिकामा बन्ने १५ शय्याको अस्पतालको शिलान्यास नेता खनालले गरेका हुन् । खनालले सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको टेलिफोनबाटै शिलान्यास गरेका थिए ।

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १६:२६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij