Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

राजनीति

‘प्रचण्ड’को दाबी : जबर्जस्ती चलेको यो सरकार धेरै अगाडि जाँदैन

‘प्रचण्ड’को दाबी : जबर्जस्ती चलेको यो सरकार धेरै अगाडि जाँदैन


  • 1.3K
    Shares

    ‘प्रचण्ड’को दाबी : जबर्जस्ती चलेको यो सरकार धेरै अगाडि जाँदैन
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलेको बताएका छन् ।

    उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटनका लागि सुर्खेत आइपुगेका ‘प्रचण्ड’ले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको बताए ।

    उनले भने, ‘आफूले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए । प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ ।’

    सरकार प्रति कुनै अभिरुचि नभएको उल्लेख गर्दै उनले काँग्रेससँग सहकार्य हुन सक्ने संकेत गरे ।

    उनले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अभिलम्ब चाहिँ सदन बोलाइएन भने हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन राख्ने भएको छ । नीतिगत रूपमा सरकारको आयु धेरै लामो छैन । जुन ढ‍ंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएको थियो त्यो हुनसक्छ ।’

    प्रकाशित मिति :माघ १० २०८१ बिहिवार - १३:१९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij