Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

भीम रावलको अभियानलाई समर्थन गरेका ६ जना एमाले नेतालाई अछाममा कारबाही

भीम रावलको अभियानलाई समर्थन गरेका ६ जना एमाले नेतालाई अछाममा कारबाही


  • 1.5K
    Shares

    भीम रावलको अभियानलाई समर्थन गरेका ६ जना एमाले नेतालाई अछाममा कारबाही
    images

    जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । रावलको मातृभूमि जागरण अभियानमा अछामका एक हजार ८६ जना लाग्दा आठ जनाले नेतृत्वदायी भूमिका खेलेका थिए । 

    ‘मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रस्टै देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसअघि पनि केही जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यबाट पार्टी हितविपरीत गतिविधि गरेको भनेर सोधिएको स्पष्टीकरणको जवाफमा निजहरूले आगामी दिनमा पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले २६ कात्तिकमा बसेको एमाले जिल्ला कमिटी सचिवालय बैठकबाट एकपटकका लागि कारबाहीको प्रक्रिया अगाडि नबढाउने निर्णय भएको भएता पनि त्यस्तै गतिविधि गरिएको देखिएको हुँदा जिम्मेवारीबाट हटाइएको छ ।’

    विज्ञप्तिमा एमालेको विधानको धारा ८० को उपधारा १, २, ३, ४, ५ र १२ दर १३ विपरीत गतिविधि गरेकाले पदीय जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ । 

    प्रकाशित मिति :माघ १० २०८१ बिहिवार - ११:५१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij