२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिमा उजुरीहरू आउनु स्वाभाविक भएको बताएका छन् ।
मंगलबार बसेको समितिको बैठकमा उनले भने– समितिमा परेका उजुरी केबल सूचना हुन् । तथ्य पत्ता लगाउन समितिले पहल गर्दा राम्रो हुन्छ ।
बैठकमा उनले अध्यादेश कसरी अलोकतान्त्रिक हुन्छ? अलोकतान्त्रिक हो भने सरकारले अध्यादेश ल्याउन पाउने बुँदा नै झिकेर पाल्दिऊ न । अध्यादेश हिजो पनि आएको छ । अहिले धन्न २० प्रतिशतमा दल फुटाउने अध्यादेश त आएको छैन ।
एउटा दलले अर्कोलाई आरोप लगाउने र टाउको झुकाएर हिँड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा समेत उनले जोड दिए ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij