Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

मन्त्रीका छोराछोरीले आरक्षण पाउनु हुँदैन : वर्षमान पुन

मन्त्रीका छोराछोरीले आरक्षण पाउनु हुँदैन : वर्षमान पुन


  • 1.6K
    Shares

    मन्त्रीका छोराछोरीले आरक्षण पाउनु हुँदैन : वर्षमान पुन
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निर्वाचन प्रणालीमा समावेशीता र समानुपातिक प्रतिनिधित्व दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताएका छन् ।

    निर्वाचनमा आफैं प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरु नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएकाले कानुनी सुधार आवश्यक रहेको उनको भनाइ छ ।

    पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस (एमएमसी–आईओएम) को शनिबार आयोजित इकाइ सम्मेलनमा बोल्दै पुनले सो धारणा राखेका हुन् ।

    ‘समावेशीता चुनाव लड्न नसक्नेका लागि हो । प्रतिस्पर्धाका लागि योग्य बनाउन पछि परको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्देश्य हो’, पुनले भने, ‘प्रतिस्पर्धा गर्न नसक्नेहरुका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरु सांसदरमन्त्री भइरहेका छन् । अब यसलाई रोक्नुपर्छ ।’

    पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गरे । । मेरो छोराछोरीले काठमाडौंमा पढेका हुन् ।

    उनीहरुले जनजाति कोटामा सरकारी सेवामा जाने होइन, प्रतिस्पर्धा गर्नुपर्छ’ ‘गाउँका गरिब बाहुन क्षेत्रीका छोराछोरी, पछि परेका मधेशी र जनजातिका छोराछोरी वा कर्णालीको कोटामा आर्थिक र राजनीतिक पहुँचमा भएकाहरुका छोराछोरीले प्रतिस्पर्धा गर्न नसक्नेका लागि छुट्याइएको कोटाबाट अवसर लिन मिल्दैन ।’

    चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेशी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्ने पुनले बताए ।

    ‘महिला छ सक्षम छ । जनजाति छ सक्षम छ । दलित छ सक्षम छ । उसैले कोटा खाइदियो भने अवसरमा पछि परेको मान्छे कसरी अगाडि आउन सक्छ रु यसलाई सच्याउनुपर्छ ।

    प्रकाशित मिति :माघ ६ २०८१ आइतवार - ११:४४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij