Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२८.७९ अंकले बढ्यो शेयर बजार, झण्डै ९ अर्बको कारोबार

२८.७९ अंकले बढ्यो शेयर बजार, झण्डै ९ अर्बको कारोबार


  • 8.0K
    Shares

    २८.७९ अंकले बढ्यो शेयर बजार, झण्डै ९ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज दोहोरो अंकले बढेको छ । नेप्सेले प्रि ओपनिङ्ग सेसनमै २००० बिन्दु पार गरेको थियो । अन्ततः बजार बन्द हुँदा नेप्से २८.७९ अंकले बढेर एक हजार ९ सय ९७ दशमलब ५ विन्दुमा पुगेको छ भने ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ । 

    आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १८५५ रुपैयाँ रहेको छ ।

    त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४५४ रुपैयाँ रहेको छ । 

    वाणिज्य बैंकमध्ये प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ३६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ पुगेको छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १५:४१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij