२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रीईभी ओमोडा ई–फाइभले युरो एनक्याप र एनक्यापबाट फाइभ–स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप र एएसईएएन एनक्याप जस्ता प्रमुख सेफ्टस् संस्थाहरूबाट फाइभ–स्टार रेटिङ प्राप्त गरेको कम्पनीले बताएको छ ।
सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै ओमोडा ई–फाइभको बीईभी संस्करणले अन्य परीक्षणसँगै ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’जस्ता थप दुर्घटनाका परीक्षण पार गर्दै सुरक्षाका सम्पूर्ण क्षेत्रमा उत्कृष्ट पर्फमेन्स गरेको बताएको छ । यसले युरो एनक्यापमा सेफ्टी असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली) का लागि ८८ प्रतिशत अंकसहित एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)का लागि ८७ प्रतिशत अंक प्राप्त गरेको छ ।
त्यसैगरी एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत, र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ ।
ओमोडा ईफाइभमा ७८ प्रतिशत रेसियोको ‘हाइ–स्ट्रेन्थ स्टिल बडी’ छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा–हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोस्र्ड स्टिल’ समावेश गरिएको छ । यी सुविधाले गाडी दुर्घटना हुँदा स्टेबलिटी (स्थिरता) सुनिश्चित गर्ने र अगाडिको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्ने बताइएको छ ।
यसले गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा हुने र‘स्टेबल चाइल्ड सिट इन्टरफेस’एवं अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा ईफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट छ ।
गाडीको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउने र ईफाइभको फराकिलो स्पिड रेन्ज, तीव्र रेस्पोन्स–टाइमले गर्दा कोलिजन रिस्क (दुर्घटनाका जोखिम) न्यूनीकरण गर्छ ।
उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा ईफाइभमा ४३० किमिको डब्लूएलटीपी रेन्ज, २८ मिनेटभित्रै ३०५ बाट ८०५ चार्ज हुने फास्ट रिचार्जिङ सुविधा एवं शान्त ड्राइभिङ अनुभवका लागि (१२० किमि प्रतिघण्टाको स्पिडमा) नोइज–लेभल ६२.९ डेसिबल छ । यी विशेषताहरूले गर्दा ओमोडा इफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाईको ईभी रहेको छ ।
ओमोडाका हाल ३२ देश तथा क्षेत्रका १००० भन्दा बढी सोरुम र तीन लाख ७० हजारभन्दा बढी प्रयोगकर्ता छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij