२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको उनले अनलाइनखबरलाई जानकारी दिए । ‘आजको स्थायी समिति बैठक स्थगित भएको छ,’ उनले भने, ‘भोलि बिहान ११ बजे बैठक बस्छ ।’
नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ।
पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij