Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पूर्वमुख्यमन्त्री सोडारी विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

पूर्वमुख्यमन्त्री सोडारी विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित


  • 484
    Shares

    पूर्वमुख्यमन्त्री सोडारी विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । विशेष अदालतका अध्यक्ष  सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजलासमा रहेको सो मुद्दा सरकार पक्षबाट स्थगित गराइएको हो ।

    यसअघि गत पुस १४ गते पेसी तोकिएकोमा सोडारीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका थिए । सोडारीले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले सोडारीका श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, बैंक मौज्दातसमेत जफत गर्न माग गरेको थियो ।

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १२:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij