Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी

रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी


  • 1.6K
    Shares

    रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् ।

    पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले आग्रह गरेका छन् । 

    सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा।रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’

    सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । अस्वस्थ हुँदाहुँदै राति नै प्रहरीले चितवनबाट उठाएर पोखरा लगिएकोमा लामिछानेले आपत्ति जनाएका छन्।

     

    प्रकाशित मिति :मंसिर २४ २०८१ सोमवार - १५:३२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij